ललितपुर १ मा काँग्रेस र ३ मा रास्वपाको अग्रता
काठमाडौँ । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ मा अहिलेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तोसिमा कार्की ८ हजार ८ सय ७१ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ ।
यसैगरी नेपाली काँग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १ हजार ५ सय मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभएको छ ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीका राजकाजी महर्जनले ९ सय १२ र नेकपा एमालेका सन्दन थापा मगरले ३ सय ३६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिनुभयो ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ मा अहिलेसम्मको मतगणना अनुसार नेपाली काँग्रेसका उदय शमशेर जबराले ४ हजार १ सय ३३ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन २ हजार ६ सय ६३ मतका साथ दोस्रो स्थानमा रहनुभएको छ ।
यस्तै नेकपा एमालेका चेतनाथ सन्जेलले २ हजार २ सय ९१, उज्यालो नेपा पार्टीका पदमकुमार लामाले ६ सय २१ र नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जनले ३ सय ९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत ईशा सुवेदीले जानकारी दिनुभयो । मतगणना जारी छ ।








प्रतिक्रिया राख्नुहोस्