ललितपुर क्षेत्र नं. १ मा काँग्रेसको अग्रता
ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा अहिलेसम्मको मतगणना अनुसार नेपाली काँग्रेसका उदय शमशेर जबराले ४ हजार १ सय ३३ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन २ हजार ६ सय ६३ मतका साथ दोस्रो स्थानमा रहनुभएको छ ।
यस्तै, नेकपा एमालेका चेतनाथ सन्जेलले २ हजार २ सय ९१, उज्यालो नेपा पार्टीका पदमकुमार लामाले ६ सय २१ र नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जनले ३ सय ९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत ईशा सुवेदीले जानकारी दिनुभयो । अहिले मतगणना जारी छ ।








प्रतिक्रिया राख्नुहोस्