बाँकेमा दुई क्षेत्रमा रास्वपा र एउटा क्षेत्रमा एमाले अगाडि
नेपालगञ्ज । तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा मतगणना जारी छ ।
अहिलेसम्मको अवस्थामा बाँकेमा दुई क्षेत्रमा रास्वपा र एउटा क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिइरहनुभएको छ ।
बाँके क्षेत्र नम्बर १ मा रास्वपाका सुरेश कुमार चौधरीले ६ हजार८९९ मतका साथ अग्रता कायमै राख्नुभएको छ । नेपाली कांग्रेसका नारायण प्रसाद गौडेलले २ हजार४९६ र एमालेका सूर्य प्रसाद ढकालले १ हजार ६९७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले जानकारी दिनुभयो ।
क्षेत्र नम्बर २ मा भने एमालेका मोहम्मद इश्तियाक राई अगाडि हुनुहुन्छ । राईले ५ हजार २४४ मतका साथ अग्रता लिनुभएको छ । नेपाली कांग्रेसका शुधान्सु कोइराला ४ हजार१६१ मतका साथ दोस्रो स्थान र रास्वपाका विवेक कुमार श्रेष्ठ २ हजार५९२ मतका साथ तेस्रो स्थानमा रहेको प्रमुख निर्वाचन अधिकृत दिपक कुमार दाहालले बताउनुभयो ।
त्यस्तै, क्षेत्र नम्बर ३ मा रास्वपाका खगेन्द्र सुनार अगाडि हुनुहुन्छ । सुनारले १ हजार ६९८ मतका साथ अग्रता बनाउँदा एमालेका सुमन मल्लले ७५१ मत र कांग्रेसका अमर सिंह पुनले ५४१ मत पाउनुभएको निर्वाचन अधिकृत दशरथ गौतमले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्