काठमाडौँ ८ मा पनि रास्वपा अगाडि
काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ८ मा अहिलेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ १३ हजार १ सय ५० मतका साथ अग्रस्थानमा रहनुभएको छ ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाहीले १ हजार १५, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले १ हजार ७ सय ४४, नेपाली काँग्रेसका सपना राजभण्डारीले १ हजार ४ सय ८५ र नेकपा एमालेका राजेश शाक्यले ९ सय ७८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो ।
अहिलेसम्म २० हजार मत गणना भएको र मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत खनालले जानकारी गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्