तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ–३ मा पनि रास्वपा अग्रस्थानमा

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ मा अहिलेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डे ६ हजार ५ सय ८४ मतका साथ अग्रस्थानमा रहनुभएको छ ।

यसैगरी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ४ हजार २ सय २० मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभएको छ भने नेपाली काँग्रेसका रमेश अर्यालले २ हजार १ सय ९०, नेकपा एमालेका रामेश्वर फुयाँलले १ हजार २ सय ९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दरराम बोहराले २ सय ६५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चमिला भटाराइले जानकारी दिनुभयो ।

अहिले मतगणना जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button