तपाईँ सुन्दै हुनुहुन्छः

नेमकिपाको गढ मानिएको भक्तपुर क्षेत्र नं. १ मा रास्वपा अगाडि

भक्तपुर । भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता फराकिलो बनाउँदै लगेको छ । 

पछिल्लो मत परिणाम अनुसार, नेपाल मजदुर किसान पार्टीको गढको रुपमा परिचित क्षेत्र नम्बर–१ मा रास्वपाका रुकेश रन्जितले ४ हजार ४११, नेमकिपाका प्रेम सुवालले २ हजार ७५५ मत र नेपाली कांग्रेसका किरण न्यौपानेले ५१९ मत प्राप्त गर्नुभएको छ  ।

जितमा सधैँ ढुक्क हुने गरेको नेमकिपा चाँगुनारायण नगरपालिका वडा नंं.१ र भक्तपुर नगरपालिका वडा नं.१ को मत गणनाबाट प्राप्त यो प्रारम्भिक परिणामले झस्किएको छ ।

२०४६ सालपछि लगातार विशाल अन्तरले जीत निकाल्दै आएको नेमकिपाका केन्द्रीय कार्यालय र केन्द्रीय पदाधिकारी र सदस्य समेत प्राय यही बस्ने गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button