तपाईँ सुन्दै हुनुहुन्छः

रूपन्देही–२ मा रास्वपा उम्मेदवार सुलभ खरेलको फराकिलो अग्रता, विष्णु पौडेल पछाडि

रूपन्देही । रूपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल फराकिलो अग्रतामा देखिनुभएकाे छ। हालसम्म दुई वडा गणना हुँदा खरेलले ४ हजार ७४ मत प्राप्त गर्नुभएकाे छ।

नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले ८४५ मत प्राप्त गर्नुभएकाे छ भने नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा (पौडेल) ५०४ मतसहित तेस्रो स्थानमा रहनुभएकाे छ।

बुटवल उपमहानगरपालिका–१ मा गणना गरिएको १ हजार ८६५ मतमध्ये खरेलले १ हजार २९३ मत प्राप्त गर्नुभएकाे छ । सोही वडामा एमालेका पौडेलले २४५ मत पाउनुभएकाे छ भने कांग्रेसका चुन्नप्रसादले १९९ मत प्राप्त गर्नुभएकाे छ। नेकपाका विश्वदीप पाण्डेले यहाँ ८ मत पाउनुभएकाे छ।

त्यस्तै तिलोत्तमा नगरपालिका–१ को मतगणनामा पनि खरेलले अग्रता कायम राख्नुभएकाे छ । उक्त वडाबाट उहाँले २ हजार ७८१ मत प्राप्त गर्नुभएकाे छ । त्यहाँ एमालेका विष्णु पौडेलले ६०९ मत पाउनुभएकाे छ भने नेकपाका विश्वदीप पाण्डेले ३५ मत प्राप्त गर्नुभएकाे छ।

रूपन्देही–२ मा १ लाख ३५ हजार ५० मतदाता रहेका छन्। हालसम्म २३ वडामध्ये २ वडाको मतगणना सम्पन्न भइसकेको छ। अहिले सैनामैना नगरपालिका–१ को मतगणना जारी रहेको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिनुभएकाे छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button