रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा अलग अलग मतगणनाको तयारी

रुपन्देही । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना आजै सुरु हुने भएको छ ।
जिल्लामा ६५ प्रतिशत मतदान भएको थियो । मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतका अनुसार ५ निर्वाचन कार्यालयमा अलग अलग मतगणनाको तयारी भइरहेको छ । मतदान केन्द्रबाट मतपेटिका सङ्कलन र शिलबन्दी गर्ने काम भइरहेको र त्यो सकेर आजबाटै गणनाका लागि तयारी गरिने उहाँको भनाइ छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा देवदह आदर्श बहुमुखी क्याम्पस, सित्तलनगर, क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित वडा कार्यालय, क्षेत्र नम्बर ३ मा भैरहवास्थित भैरहवा नमुना माध्यमिक विद्यालय, क्षेत्र नम्बर ४ मा कोटहीमाई गाउँपालिकाको कार्यालयको सभा हल, तथा क्षेत्र नम्बर ५ मा गैडहवा गाउँपालिका कार्यालयलाई मतगणना स्थल बनाएर सबै तयारी अन्तिम चरणमा पुगेको छ ।
सबै क्षेत्रमा सर्वदलीय बैठकको तयारी भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्