मकवानपुरमा ५९ प्रतिशत मत खस्यो
मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज भएको मतदानमा ५९ प्रतिशत मत खसेको छ । कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेको मकवानपुरमा १ लाख ८६ हजार ५५१ ९५९५० मत खसेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताउनुभयो ।

दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल मतदान मध्ये ९६ हजार ६३४ पुरुष, ८९ हजार ९१२ र ५ जना तेस्रो लिङ्गीले मतदान प्रक्रियामा सहभागिता जनाएका छन् । जसमध्ये निर्वाचन क्षेत्र १ मा पुरुष ४७ हजार ६७०, महिला ४७ हजार ६३६ र ४ जना तेस्रो लिङ्गी गरेर ९५ हजार ३१९ जनाले मतदान गरेका छन् । निर्वाचन क्षेत्र २ मा पुरुष ४८ हजार ९६४, महिला ४२ हजार २७६ जना र तेस्रो लिङ्गी १ जना गरि ९२ हजार २४१ जनाले मतदान गरेका छन् ।
जिल्लाका १६७ मतदान स्थलका ३७४ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको र मतपेटिका आजै मतगणना स्थलमा आइपुग्ने उहाँले बताउनुभयो । मतपेटिका आइपुगे पछि सर्वदलीय बैठक बसेर मतगणनाको काम सुरु गरिने उहाँले बताउनुभयो । मतगणना हेटौँडा४ स्थित भुटानदेवी माविमा हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्