प्रतिनिधिसभा सदस्य निर्वाचन : पाल्पामा ५६ प्रतिशत मतदान

पाल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा ५६ प्रतिशत मतदान भएको छ ।
पाल्पा क्षेत्र नं.१ मा महिला ३० हजार ८०१ र पुरुष २३ हजार ४२९ गरि जम्मा ५४ हजार २३० मत खसेको छ । जुन जम्मा मतदाताको ५५.१२ प्रतिशत हो ।
त्यस्तै पाल्पा क्षेत्र नं.२ मा महिला ३३ हजार १२१ र पुरुष २८ हजार २० गरी जम्मा ६१ हजार १४१ मत खसेको छ । जुन कुल मतदाताको ५५.९७ प्रतिशत रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुवरले जानकारी दिनुभयो ।
दुई निर्वाचन क्षेत्र रहेको पाल्पाका ११८ वटा मतदान स्थल र २ सय ५१ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाल्पा निर्वाचन क्षेत्र नं. १ मा ९८ हजार ३८३ जना मतदाता रहेका छन् । पाल्पा क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५३ जना मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्