पर्वतमा कुल ५३ प्रतिशत मत खस्यो, मतपेटिका सङ्कलन जारी
पर्वत । पर्वतमा आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत १ लाख २५ हजार ४६६ मतदाता मध्ये कुल ५३ दशमलव १८ प्रतिशत अर्थात् ६६ हजार ७२७ मत खसेको हो ।
जिल्लामा रहेका कुल १५३ मतदान केन्द्रबाट मतदान सम्पन्न भएको हो ।
बिहान ७ः०० बजेबाट सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो । अहिले जिल्लामा रहेका ७ पालिकाका मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन कार्यालयमा आइरहेको र करिब राति ९ः०० बजेसम्म सबै मतपेटिका आइपुग्ने मुख्य निर्वाचन अधिकृत वासुदेव पौडेलले जानकारी दिनुभयो ।
उहाँको अनुसार भोली बिहान सर्वदलीय बैठक राखेर मतगणना सुचारु हुनेछ ।







प्रतिक्रिया राख्नुहोस्