दैलेखमा ४७.२७ प्रतिशत मत खस्यो
दैलेख । दैलेखका दुवै निर्वाचनमा ७६ हजार १ सय ६१ मत खसेको छ ।
१ लाख ६१ हजार २ सय ४ रहेको दैलेखमा ७६ हजार १ सय ६१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । दैलेख क्षेत्र नं. १ मा ४१ हजार ५५ अर्थात् ५० दशमलव ५१ प्रतिशत र क्षेत्र नं. २ मा ३५ हजार १ सय ६ अर्थात् ४३ हजार ०७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दैलेख जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले बताउनुभयो ।
दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा साँझ ५ बजेसम्म जिल्लाका २ सय १० वटा मतदान केन्द्रमा मतदान भएको थियो । मुख्य निर्वाचन अधिकृत कुल प्रसाद पाण्डेका अनुसार मतपेटिका जम्मा भएपछि बैठक बसेर मतगणना हुने जानकारी दिनुभयो ।
यस्तै दैलेख कारागारमा ५ महिला सहित ३९ जना कैदीबन्दीले मतदान गरेका छन् । कारागारमा खटिएका ६ जना कर्मचारीले पनि मतदान गरेसँगै कारागार अस्थायी मतदान केन्द्रमा ४५ मत खसेको दैलेख कारागारका प्रमुख नृपजंग शाहीले जानकारी दिनुभयो । मुद्दामा आरोपित हुनुअघि मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्र समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने नियम अनुसार उनीहरूले मतदान गरेका हुन् ।
मतदाता नामावलीमा ४० जनाको नाम भए पनि १ जना बिरामी भएर जिल्ला बाहिर उपचारमा भएकोले छुटेका जनाइएको छ । दैलेख कारागारमा १६ महिला सहित १ सय ६१ जना कैदीबन्दी थुनामा रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्