कपिलवस्तुमा शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न
कपिलवस्तु । कपिलवस्तुमा शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न भएको छ ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार जिल्लामा करिब ६० प्रतिशत मत खसेको बताएको छ ।
मतदान सम्पन्न भए लगतै जिल्लाका ३ वटै क्षेत्रमा निर्वाचन अधिकृतले सर्वदलीय बैठक गरेर आजै साँझदेखि मतगणना गर्ने तयारीमा रहेको गौतमले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्