बाजुरामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न, मतपेटिका सदरमुकाम ल्याउने कार्य सुरु

बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाजुरामा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाभर स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी भीमबहादुर शाहीले जानकारी दिनुभयो।
उहाँका अनुसार मतदाताहरू निर्धक्क रूपमा मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् भने अधिकांश स्थानमा उत्साहजनक सहभागिता देखिएको थियो। निर्वाचन कार्यालय बाजुराका अनुसार कति प्रतिशत मत खस्यो भन्ने विवरण सङ्कलन भइरहेको छ।
जिल्लाभर कडा सुरक्षा व्यवस्थाका बीच मतदान प्रक्रिया सञ्चालन गरिएको थियो। मतदान सम्पन्न भएसँगै मतपेटिका सदरमुकाम मार्तडी ल्याउने कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो।
उहाँका अनुसार दुर्गम क्षेत्रका मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइने छ। सबै मतपेटिका सदरमुकाम पुगेपछि मतगणनाको कार्य सुरु गरिने निर्वाचन कार्यालय बाजुराले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्