मकवानपुरमा करिब ५२ प्रतिशत मत खस्यो
मकवानपुर । मकवानपुरमा दिउँसो ३ बजेसम्ममा करिब ५२ प्रतिशत मतदान सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा दिउसो ३ बजे सम्म ५२ प्रतिशत बढी मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाका १६७ मतदान स्थलका ३७४ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा जारी छ । अहिले ३ बजे सम्म करिब ५२ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरि प्रसाद ढकालले जानकारी दिनुभयो ।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन् । जस मध्ये करिब ६० प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्