धनुषामा अढाई बजेसम्म ५० प्रतिशत मत मतदान

जनकपुरधाम । धनुषा जिल्लामा दिउँसो अढाई बजेसम्ममा ५० प्रतिशत भन्दा बढी मतदाताले मतदान गरि सक्नु भएको छ ।
जिल्लाका ६ सय ४५ मतदान केन्द्रमा बिहान ७ बजेबाट नै मतदान शुरु भएको र हालसम्म जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको हालसम्म ५० प्रतिशत मतदान भएको विभिन्न मतदान अधिकृतहरूको भनाई उद्धृत गर्दै धनुषाको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जानकारी दिनु भएको हो ।
धनुषाको ४ निर्वाचन क्षेत्रमा गरेर ५ लाख १४ हजार ५ सय ७१ जना मतदाताहरू रहनु भएको छ । बिहानको समयमा मतदानको गति कम भएपनि १० बजेपछि महिलाहरू घरको काम सकेर मतदान केन्द्रहरू आएपछि मतदानको प्रतिशत बढेको छ ।
यस पटक युवा पुस्ता तथा अन्य मतदाताहरूमा पनि देश बनाउने हुटहुटी हुनुका साथै मतदानको महत्वका प्रति बढी सचेत भएका कारणले जिल्लामा मतदानको प्रतिशत गत निर्वाचन भन्दा निक्कै बढ्ने अनुमान गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्