दार्चुलामा १ बजेसम्म २८ हजार २१४ मत खस्यो
दार्चुला। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दार्चुला जिल्लामा दिउँसो १ बजेसम्म २८ हजार २१४ मत खसेको छ ।
प्राप्त विवरणअनुसार खसेको मतमध्ये पुरुष १५ हजार १८७ र महिला १३ हजार ०२७ रहेका छन् । यो कुल मतदाताको करिब ३० दशमलव ४० प्रतिशत हो ।
निर्वाचन शान्तिपूर्ण रूपमा जारी रहेको र विभिन्न मतदान केन्द्रमा मतदाताको सहभागिता क्रमशः बढिरहेको निर्वाचन अधिकारीहरूले बताउनुभएकाे छ।








प्रतिक्रिया राख्नुहोस्