बैतडीमा शान्तिपूर्ण मतदान जारी, २८ हजार बढी मत खस्यो

बैतडी । बैतडीमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार, दिउँसो १२ बजेर १५ मिनेटसम्म २८ हजार १ सय ४१ मत मत खसेको छ । २ सय १५ वटै केन्द्रमा १४ हजार ३४१ महिला, १३ हजार ७९९ पुरुष र १ अन्य गरी २८ हजार १ सय ४१ जना मतदाताले मतदान गरेका छन् । जिल्लाभरि शान्तिपूर्ण रुपमा मतदान कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभय
निर्वाचन सुरक्षाको भरपर्दो व्यवस्थापन गरिएकाले निर्धक्क भएर मतदान गर्न उहाँले आग्रह गर्नुभएको छ ।
बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । प्रतिनिधि सभाका लागि एक क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी मैदानमा रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्