तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वउपसभामुख रानाद्वारा अर्जुनधारा-८ मा मतदान

झापा I पूर्वउपसभामुख इन्दिरा रानामगरले अर्जुनधारा नगरपालिका वडा नं ८ स्थित मतदान केन्द्रमा मतदान गर्नुभएको छ । 

झापा निर्वाचन क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारसमेत रहनुभएकी उहाँले आज बिहान ७ः०० बजे मतदान गर्नुभएको झापा-२ को निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिनुभयो । 

यस निर्वाचन क्षेत्रमा एक लाख ४७ हजार ५५२ जना मतदाता छन् भने ४९ वटा मतदानस्थल र १६५ वटा मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button