तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा सवा ११ बजेसम्म २० प्रतिशत मत खस्यो

कास्की।कास्की जिल्लामा सवा ११ बजेसम्म करिब २० प्रतिशत मत खसेको छ। निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार जिल्लामा कुल ३ लाख ८ हजार मतदाता रहेका छन्।

विहानैदेखि जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। कास्कीका ३ वटा निर्वाचन क्षेत्रमा १८ दलका ४९ जना उम्मेदवार चुनावी मैदानमा छन्।

जिल्लामा १ सय ५३ मतदान स्थलमार्फत मतदान प्रक्रिया सञ्चालन भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button