तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा मतदान जारी, २० प्रतिशत मत खस्याे

मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज जिल्ला भरि मतदान जारी छ। जिल्लामा १६७ मतदान स्थलका ३७४ मतदान केन्द्रमा ३ लाख १५ हजार ३३४ मतदाताले आफ्नो मत हाल्नेछन्।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरि प्रसाद ढकालका अनुसार आज बिहान ७ बजे सुरु भएको मतदानमा बिहान १०:३० बजे सम्म करिब २० प्रतिशत मत खसिसकेको छ। जिल्लाभर कडा सुरक्षा व्यवस्थासहित मतदान प्रक्रिया सञ्चालन भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button