तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा कैदीबन्दीले गरे मतदान

इलाम।इलामस्थित कारागारमा कैदीबन्दीले मतदान गरेका छन्। कारागार कार्यालयभित्र रहेको मतदान केन्द्रमा कुल २१४ मतदाता रहेका छन्, जसमा १०० जना कैदीबन्दी र ११४ जना नेपाली सेना समावेश छन्।

मतदान अधिकृत मधुर बिशुन्खे का अनुसार बिहान ८:५० बजेसम्म ८८ जनाले मतदान सकेका छन्।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलामका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदाताहरू उत्साहका साथ मतदानमा सहभागी भएका छन्।

निर्वाचनलाई शान्तिपूर्ण र संयमित रूपमा सम्पन्न गर्न शान्ति र सुरक्षाको पूर्ण व्यवस्था गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button