मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री शाहको भारत भ्रमण स्वीकृत

काठमाडौँ । मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मङ्सिर ६ र ७ गते प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावितका लागि चीन सरकारबाट प्राप्त २ मिलियन डलर अनुदान स्वीकार गर्ने, नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लागत तयार गर्नका लागि आदेश जारी गर्ने र राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्र्स २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्