तपाईँ सुन्दै हुनुहुन्छः

इलाम–२ मा सुहाङ नेम्बाङद्वारा मतदान

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलाम–२ का उम्मेदवार सुहाङ नेम्बाङले आज बिहान मरब क्याम्पस इलामस्थित मतदान केन्द्रमा मतदान गर्नुभएको छ।

निर्धारित समयअनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा उहाँले आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो।

निर्वाचन कार्यालयका अनुसार इलाम जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया सुरु भएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारी परिचालित छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button