तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा, ८ हजार सुरक्षाकर्मी परिचालित

धनगढी। कैलालीमा निर्वाचनको सम्पूर्ण तयारी सकिएको छ ।

भोली फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा २३७ मतदानस्थल र ६४१ मतदानकेन्द्र कायम गरिएको छ । ती सबै बुथमा निर्वाचन सामाग्री सहित कर्मचारीको टोली पुगिसकेका छन् भने मतदानस्थल सुरक्षा घेरामा राखिएको छ । प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले जिल्ला सबै मतदान केन्द्रको निर्माण कार्य पूरा भएको बताउनु भयो । उहाँले प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक निर्वाचन अधिकृत, २ जना सहायक कर्मचारी र ३ स्वयम सेवक खटिएको र मतदाताको सङ्ख्याका अनुसार कर्मचारी परिचालन गरिएको जानकारी दिनुभयो । निर्वाचन सम्पन्न गर्न ४ हजार ५ सय कर्मचारी फिल्डमा खटिएको उहाँले बताउनुभयो ।

कैलालीमा १२९ मतदानस्थल अतिसंवेदनशिलको सुचीमा रहेका छन् । मतदानस्थलको सुरक्षा संवदेशनशिला हेरी सुरक्षा व्यवस्था मिलाइएको स्थानीय प्रहरी प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचन सुरक्षा योजना अनुसार सबै मतदानस्थलमा सुरक्षाकर्मी खटनपटन गरिएको बताउनु भयो । उहाँले निर्वाचन सुरक्षाका लागि ८ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो ।” निर्वाचन लक्षित सुरक्षा व्यवस्था सुदृढ पारिएको छ,  कैलाली स्थित नेपाल भारत सिमानाका बन्द गरिएको छ । गए राती देखी लागु हुने गरी फागुन २१ गते साँझसम्म नाका बन्द हुनेछन्,  उहाँले भन्नुभयो”।

कैलालीमा चार वटा अस्थायी मतदानकेन्द्र
कैलालीमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चार वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन कार्यालयका अनुसार जिल्ला कारागार, धनगढी, अत्तरिया र टिकापुरमा अस्थायी मतदान केन्द्र तोकिएको छ । ती मतदानकेन्द्रमा सुरक्षाकर्मी, कर्मचारी, कैदी बन्दी लगायतले समानुपातिक तर्फ मतदान गर्ने व्यवस्था मिलाइएको छ । 

निर्वाचन सुरक्षाबारे मुख्यमन्त्रीको चासो
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले निर्वाचन सुरक्षा व्यवस्थाबारे चासो लिनुभएको छ । आज धनगढीमा सुरक्षा अधिकारीसँगको भेटघाटमा मुख्यमन्त्री शाहले निर्वाचन सुरक्षा, शान्ति सु(व्यवस्था र निर्वाचनको तयारीकाबारे जानकारी लिनुभएको भएको उहाँको सचिवालयले जनाएको छ । त्यसक्रममा मुख्यमन्त्री शाहले स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि प्रदेशको निर्वाचन सुरक्षा व्यवस्थालाई थप मजबुत बनाएर अघि बढ्न सुरक्षा अधिकारीलाई निर्देशन समेत दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button