तपाईँ सुन्दै हुनुहुन्छः

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

ललितपुर । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । 

आज दिउँसो ३ः४५ बजेतिर विद्युत् सर्ट हुँदा भएको आगलागी ललितपुर महानगरको प्रहरीले वारुणयन्त्र प्रयोग गरी नियन्त्रणमा लिएको ललितपुर महानगरका प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो । “हामीले तत्कालै पुगेर दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा लिएका छौँ, आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ”, उहाँले भन्नुभयो ।

आठौँ तलामा रहेको दाउरा थकाली रेष्टुराँ आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको उहाँले बताउनुभयो । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button