धनुषा–१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

काठमाडौँ । यहीँ फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड ज बमोजिम उम्मेदवार हुन अयोग्य रहेको ठहर गरी निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ को उपदफा ५ बमोजिम उहाँको उम्मेदवारी खारेज गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसी ले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्