तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ। स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ ।

आइतबार सुन प्रतितोला रु तीन लाख २० हजार ५०० मा कारोबार भएकोमा आज बढेर रु तीन लाख २६ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदी आइतबार प्रतितोला रु पाँच हजार ९८५ मा खरिदबिक्री भएकोमा आज प्रतितोला रु छ हजार २० मा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस पाँच हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button