तपाईँ सुन्दै हुनुहुन्छः

सङ्कटाद्वारा चित्लाङ फुटबल क्लब पराजित

काठमाडौँ । एन्फा राष्ट्रिय लिग फुटबल अन्तर्गत शुक्रवारको खेलमा रिचार्ड चुक्विडालु अन्येमाको ह्याट्रिकसँगै सङ्कटा क्लबले चित्लाङ फुटबल क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा चित्लाङ फुटबल क्लबमाथि ३–० को जित निकालेको हो । सङ्कटाको यो दोस्रो जित हो । लिगमा ८ खेल खेलेको सङ्कटाले ९ अंक जोडेको छ ।

चित्लाङको भने यो तेस्रो हार हो । सामान खेलबाट चित्लाङको ७ अंक रहेको छ । खेलको पहिलो मिनेटमा रिचार्डको गोलमा सङ्कटाले अग्रता लियो ।

३५औँ मिनेटमा ताए ड्यानियल बदरुले गोल गर्दै सङ्कटाको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा रिचार्डले व्यक्तिगत दोस्रो गोल गर्दै सङ्कटालाई ३–१ को स्थिति ल्याए ।

७४ औँ मिनेटमा रिचार्डले ह्याट्रिक पूरा गर्दै सङ्कटालाई एकतर्फी जित दिलाए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button