नेपालको रेल सेवा तीन दिन बन्द हुने
जनकपुरधाम । फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका कारण नेपालको एक मात्र यात्रुवाहक रेल सेवा तीन दिन बन्द हुने भएको छ ।
नेपाल रेल्वे कम्पनीले आज सूचना जारी गरेर मङ्गलवारदेखि बिहीबारसम्मका लागि भारतको जयनगरदेखि महोत्तरीको भंगहासम्म चल्दै आएको रेल सेवा बन्द हुने भएको उल्लेख रहेको हो ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत फागुन १८ गतेबाट ७२ घण्टाका लागि सीमानाका बन्द हुने भएकाले रेल सेवा पूर्ण रुपमा बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न ७२ घण्टा अगावै सीमा सिल हुने सूचना जारी गर्दै रेल सेवा बन्द गर्न निर्देशन दिएपछि रेल सेवा बन्द गर्ने निर्णय गरिएको नेपाल रेल्वे कम्पनीले जनाएको हो ।








प्रतिक्रिया राख्नुहोस्