पत्रकारलाई निर्वाचन रिपोर्टिङ र आचारसंहिता अभिमुखीकरण सम्पन्न
झापा । प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन करिब एक साता बाँकी रहँदा झापाका पत्रकारलाई निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिताका विषयमा अभिमुखीकरण प्रदान गरिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोग, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको सहकार्य र नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा जिल्लाका पत्रकारलाई आज अभिमुखीकरण प्रदान गरिएको हो । पत्रकार महासङ्घका पूर्व उपाध्यक्ष केशव भट्टराईले आचारसंहिता र पत्रकार गणेशमान मुखियाले निर्वाचन रिपोर्टिङका बारेमा अभिमुखीकरण प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा अग्रज पत्रकार गोविन्दचन्द क्षेत्री, चिन्तामणि दाहाल, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार र सञ्चारिका समूह नेपाल झापाकी अध्यक्ष लीला अनमोलले आचारसंहिता सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
महासङ्घ झापा अध्यक्ष एकराज गिरीले निर्वाचनमा रिपोर्टिङका बेला जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सवारी अनुमतिका विषयमा जानकारी गराउनुभएको थियो ।
महासङ्घ झापा शाखा उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागत र सचिव राजु पाठकले सञ्चालन गर्नुभएको कार्यक्रमको समापन महिला उपाध्यक्ष विनिशा शर्माले गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्