तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनमा कसैसँग तालमेल हुँदैन : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा कसैसँग तालमेल नगर्ने बताउनुभएको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक प्रचण्डले निर्वाचन परिणामलाई स्वीकार गरी जनताको पक्षमा काम गर्न तत्पर रहेको समेत उल्लेख गर्नुभयो । साथै आसन्न निर्वाचनमा कुनै एक पार्टीको बहुमत आउने अवस्था नरहेको उहाँले बताउनु भएको छ ।

उहाँले निर्वाचनमा कुनै एक पार्टीको बहुमत आउने सम्भावना नरहेकाले जनमतलाई स्वीकार गरी समझदारीका साथ सबै राजनीतिक दलहरू अघि बढ्न आग्रह गर्नुभयो ।

संयोजक प्रचण्डले भदौ २३ गते दुई तिहाइ सरकारको अहङ्कारले युवाहरूको मृत्यु हुन पुगेको र त्यसको जिम्मेवारी नलिइएको पनि जिकिर गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button