तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा दुई अस्थायी मतदान केन्द्र, २ हजार ८३७ अस्थायी मतदाता

इलाम। फागुन २१ गते हुने निर्वाचनका लागि इलाममा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन्। इलाम सदरमुकामस्थित बाल मन्दिर र कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र राखिएको हो।

जिल्ला निर्वाचन कार्यालय प्रमुख देवीचरण फुएलका अनुसार बाल मन्दिरमा रहेको अस्थायी मतदान केन्द्रमा जिल्लास्थित संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, सुरक्षाकर्मी, कर्मचारी तथा अन्य गरी २ हजार ६३४ जना अस्थायी मतदाता रहेका छन्।

त्यसै गरी कारागार कार्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा रणशार्दुल गण गडीथुम्का इलाम, कारागार कार्यालयका कर्मचारी, थुनुवा तथा कैदीबन्दी गरी २०३ जना अस्थायी मतदाता रहेका छन्। तीमध्ये १०० जना कैदीबन्दी र थुनुवा रहेको जानकारी दिइएको छ।

जिल्लामा अस्थायी मतदाताको सङ्ख्या कुल २ हजार ८३७ रहेको प्रमुख फुएलले जानकारी दिनुभयो । अस्थायी मतदाताले भने निर्वाचनमा समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ।

जिल्लामा निर्वाचनको तयारी तीव्र रूपमा अघि बढिरहेको र मतदानलाई व्यवस्थित बनाउन आवश्यक समन्वय भइरहेको सूचना अधिकारी कृष्ण कुमार लिम्बु ले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button