तपाईँ सुन्दै हुनुहुन्छः

झापाका पाँच मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिने

झापा । झापाको पाँचवटा मतदान केन्द्रमा निर्वाचनका लागि महिला कर्मचारी मात्रै खटिने भएका छन् ।

प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र राख्ने गरी तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिनुभयो । प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा मतदान केन्द्रमा महिला कर्मचारीको मात्रै व्यवस्था गर्न लागिएको बताउँदै उहाँले पाँच वटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै महिला कर्मचारी खटाइने जानकारी दिनुभयो  ।

झापामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७३८० जना जनशक्ति परिचालन गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button