कांग्रेस नेता हमालको उपचारका क्रममा निधन
नेपालगञ्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ प्रदेश सभा (२) का सभापति जितेन्द्र बहादुर हमाल (कैलाश) को उपचारका क्रममा निधन भएको छ ।

नेपालगञ्ज वडा नम्बर १२ निवासी हमालको आज उपचारका क्रममा निधन भएको हो । हमाल केही समयदेखि अस्वस्थ रहँदै आउनुभएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँ क्यान्सरपीडित हुनुहुन्थ्यो ।
पार्टीभित्र सक्रिय, मिलनसार र सङ्गठन निर्माणमा समर्पित नेताका रूपमा परिचित हमालले प्रदेश सभा ‘२’ मा सङ्गठन विस्तार र कार्यकर्ता परिचालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । लामो समयदेखि क्यान्सरबाट पीडित रहनुभएका हमालको अन्त्येष्टि राप्ती नदीको बैकुण्ठधाम सिधनियाघाटमा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्