तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

तुलसीपुर (दाङ) । यहाँ स्थित तुलसीपुरमा एमालेको झण्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार झण्डा जलाएको आरोपमा आज तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय वुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको हो । 

प्रहरीले झण्डा जलाउने तीन जनाको पहिचान भएको जनाएको छ । तीमध्ये दुई जना फरार छन् । उनीहरूको खोजी भइरहेको प्रनाउ बोहराले बताउनुभयो । 

घोराहीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन शाह आउने भन्ने खबर पाएपछि दाङ तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकहरूले झण्डा जलाएको भन्दै एमालेले कारबाहीको माग गरेको छ । 

एमालेले आज अपराह्न ४ बजेतिर घोराहीमा प्रदर्शन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button