काँग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, आजै जनकपुरबाट सार्वजनिक हुने
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले काँग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको भर्चुअल बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीले सार्वजनिक गर्न लागेको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको हो ।
काँग्रेसले आज जनकपुरमा हुने सभामार्फत पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गर्दै छ ।








प्रतिक्रिया राख्नुहोस्