निर्वाचन लक्षित समावेशी कार्यक्रम उत्पादन सम्बन्धी प्रशिक्षण सम्पन्न
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रममा रेडियो नेपाल सिंहदरबारमा कार्यरत समाचार तथा कार्यक्रममा संलग्न प्रसारक, सम्पादक, सम्वाददाता र बागमती प्रदेशका जिल्लाहरूका स्थानीय संवाददाताहरूको सहभागिता थियो ।
प्रशिक्षण कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सही राजनीतिक संस्कृति, मानव अधिकारको सम्मान र लोकतान्त्रिक अधिकारलाई प्राथमिकतामा राखी निर्वाचनका समाचार र समावेशी सामग्रीको प्रसारण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका सञ्चालक समितिका सदस्य फूलमान वल तामाङ र रेडियो नेपालका उपनिर्देशक जनार्दन विष्टले समावेशी प्रसारणका विषय सामग्री र प्रसारण पत्रकारितामा समावेशिताको अवधारणा सम्बन्धि विषयहरूमा प्रशिक्षण दिनुभयो ।

यसअघि निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे, सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समितिका सदस्यहरू डाक्टर भूमिराज चापागाईँ र अनिता गुरुङले रेडियो प्रसारणमा लैङ्गिक समानता, मतदाता शिक्षा प्रवर्धनमा मिडियाको भूमिका र चुनाव सम्बन्धि समावेशी समाचार प्रसारणका विषयमा प्रशिक्षण दिनुभएको थियो ।











प्रतिक्रिया राख्नुहोस्