तपाईँ सुन्दै हुनुहुन्छः

खुल्यो १० दिनदेखि बन्द तुम्लिङटार विमानस्थल

सङ्खुवासभा । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ । 

आजदेखि काठमाडौँ–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्डयन कार्यालयका प्रमुख नवराज दाहालले बताउनुभयो । तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो । यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्दै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button