तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन एवं पूजाआराधना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको छ । 

महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आइतबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गर्नुभएको हो । उहाँलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गर्नुभएको थियो । 

मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष समेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हा सहितका मन्त्रीहरू, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि, गुठी संस्थानका उच्च पदस्थ अधिकारी लगायतका कर्मचारीले स्वागत गर्नुभएको थियो । 

महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button