तपाईँ सुन्दै हुनुहुन्छः

मुग्लिन–मलेखु सडकः एघार किलोमिटर कालोपत्र पूरा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । 

नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत  हालसम्म ४० प्रतिशत अर्थात् कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र भएका छन् । 

धादिङको बाँदरेमा कालोपत्र जारी छ भने फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखिएको छ । उक्त खण्डका छ वटा पुलमध्ये हुग्दी र चरौदीमा जमिनमाथिको काम भइरहेको छ । निर्माण सामग्री अभाव नहोस् भन्नेमा आफूहरू रहेको उहाँले बताउनुभयो ।

 धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भएपनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने आशङ्का उहाँले व्यक्त गर्नुभयो ।

विश्व बैङ्कको ऋण सहयोग रु चार अर्ब ८० करोड ५९ लाख मा ३८ किलोमिटर लामो यो सडकखण्ड स्तरोन्नति थालिएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button