तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीको आह्वान: महाशिवरात्रिबाट शान्ति, सद्भाव र दिगो विकासतर्फ अग्रसरता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले महाशिवरात्रिको अवसरमा शुभकामना सन्देश जारी गर्दै शान्ति, सद्भाव र सहअस्तित्वको सन्देश दिनुभएको छ।

सन्देशमा प्रधानमन्त्री कार्कीले आदियोगी भगवान् शिवलाई चेतना, संयम, करुणा र सहअस्तित्वका प्रतीकका रूपमा स्मरण गर्नुभएको छ। उहाँले शिव र शक्ति अर्थात् प्रकृतिबीचको अद्वैत सम्बन्धले मानव जीवनलाई सधैँ प्रकृतिसँग सहअस्तित्वमा बाँच्न प्रेरणा दिने उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले महाशिवरात्रिले समाजमा शान्ति, सद्भाव र समृद्धि प्रवर्द्धन गरोस् भन्ने कामना गर्दै प्रकृतिको संरक्षण, स्वच्छता र दिगो विकासतर्फ सबैलाई प्रेरित गरोस् भन्ने अपेक्षा व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button