तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय डेरी एक्स्पोमा ५० हजारले गरे अवलोकन 

चितवन । चितवनमा पाँच दिने अन्तर्राष्ट्रिय डेरी एक्स्पो सम्पन्न भएको छ ।  चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको संयुक्त आयोजनामा माघ २५ देखि २९ सम्म सञ्चालनमा आएको ५० हजारले अवलोकन गरेका छन् । 

संघका अध्यक्ष किशोर बगालेले गतबर्ष भन्दा यसबर्ष एक्स्पो सफलतापूर्वक सम्पन्न भएको बताउनु भयो  । उहाँले ५० हजार बढी दर्शकले अवलोकन गरेका र करिब पाँच करोडको कारोबार भएको जानकारी दिनुभयो । डेरी एक्स्पोमा उन्नत जातका गाईहरूको प्रदर्शनदेखि वक्तृत्वकला, हाजिरी जवाफलगायतका विभिन्न कार्यक्रम तथा विचार गोष्ठीहरू भएको थियो । चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले डेरी एक्स्पोमा नवीनतम प्रविधि तथा उत्पादन प्रदर्शनीका कारण किसान तथा उद्यमीका  सङ्ख्या बढेको बताउनु भयो । 

यस्ता प्रदर्शनी नेपालमै हुनुले समग्र दुग्ध उत्पादन क्षेत्रको लागि कोशे ढुङ्गा भएको घिमिरेको भनाई छ । 

प्रदर्शनीमा नेपाल र भारतका गरी एक सय वटा दुग्ध उत्पादक र प्रविधि कम्पनीहरूको स्टल थिए । समापन कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा हसना श्रेष्ठ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास महाशाखाका सहसचिव डा शरण पाण्डे, पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहाल, केन्द्रीय दुग्ध सहकारी संघ लिका अध्यक्ष अम्बरबहादुर कुँवरलगायतले मन्तव्य दिनु भएको थिए ।

कार्यक्रमसँग जोडिएका प्रायोजक, स्टल सञ्चालक तथा अन्य सहयोगी संस्थाहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button