बैतडीका १० पालिकामध्ये कार्यसम्पादन मूल्याकंनमा दोगडाकेदार पहिलो
बैतडी । बैतडीका १० स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याकंनमा दोगडाकेदार गाउँपालिका पहिलो बनेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याकंनमा दोगडाकेदार गाउँपालिका ६० दशमलव ५२ अङ्कसहित जिल्लामा पहिलो र ४० दशमलव ३८ अङ्कसहित डिलाशैनी गाउँपालिका अन्तिम स्थानमा रहेको छ ।

आयोगले प्रकाशन गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार पाटन नगरपालिकाले ५९ दशमलव ७० अंक ल्याएको छ भने शिवनाथ गाउँपालिकाले ५९ दशमलव ४४ अंक प्राप्त गरेको छ । यसैगरी मेलौली नगरपालिकाले ५७ दशमलव १६ अंक ल्याउँदा सुर्नया गाउँपालिकाले ५२ दशमलव ४६ अंक ल्याएको छ ।
पुर्चौंडी नगरपालिकाले ४८ दशमलव ६९, दशरथचन्द नगरपालिकाले ४८ दशमलव ५८, पञ्चेश्वर गाउँपालिकाले ४८ दशमलव ५१ र सिगास गाउँपालिकाले ४६ दशमलव ७१ अंक ल्याएको छ ।
आयोगले विभिन्न १७ सूचकहरू तय गरेर मूल्याङ्कन गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । जसमा पालिकाहरूले २०८२ असार १० गतेभित्र आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा तथा नगरसभामा पेस गरे–नगरेको, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०८२ असार मसान्तभित्र पारित गरे–नगरेको सूचक राखिएका हुन्छन् ।







प्रतिक्रिया राख्नुहोस्