तपाईँ सुन्दै हुनुहुन्छः

वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कन : बाजुरामा हिमाली पहिलो

बाजुरा । बाजुराको हिमाली गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा अगाडि देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाका ९ वटा स्थानीय तहमध्ये  सन्तोषजनक अङ्कसहित हिमाली शीर्ष स्थानमा देखिएको हो ।

आयोगको कार्यसम्पादन मूल्याङ्कन नतिजामा हिमाली सबैभन्दा बढी ६५.६९ अङ्कसहित अगाडि छ भने बडीमालिका नगरपालिका सबैभन्दा कम ४८.०९ अङ्कले पुछारमा रहेको छ ।

त्यस्तै गौमुल गाउँपालिकाले ६४.३३, बुढीगंगा नगरपालिकाले ५९.५१, त्रिवेणी नगरपालिकाले ५६.८६ अंक प्राप्त गरेको छ । यस्तै स्वामीकार्तिक खापर गाउँपालिकाले ५५.८१, खप्तड छेडेदह गाउँपालिकाले ५५.५२, जगन्नाथ गाउँपालिकाले ५३.४३ र बुढीनन्दा नगरपालिकाले ४८.८४ अंक प्राप्त गरेका छन् ।

आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्याङ्कन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button