तपाईँ सुन्दै हुनुहुन्छः

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक दाहालको प्रतिबद्धता

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुकुमलाई नमूना गाउँ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

भूमे गाउँपालिका–१ लुकुममा आज मतदातासित भेटघाट गर्दै संयोजक दाहालले संस्कृतिले भरिपूर्ण भएको उक्त गाउँलाई आफू विजयी भएपछि नमूना बनाउन पहल गर्ने बताउनुभयो । लुकुम गाउँको प्रख्यात झाँक्री नाचका बारेमा आफूले श्रव्यदृश्य हेरेको उल्लेख गर्दै उहाँले सामाजिक तथा संस्कृतिक रूपले धनी लुकुमको विकासमा विशेष योजना ल्याइने विश्वास दिलाउनुभयो । 

दाहालसमक्ष स्थानीयको मागपत्र 
त्यसक्रममा भूमे–१  का वडाध्यक्ष मनकाजी पुनले वडावासीका माग संयोजक दाहालसमक्ष पेस गर्नुभएको थियो । सिद्धचौर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले विद्यालय विकास निर्माणबारे उहाँको ध्यानाकर्षण गराउनुभयो । 

मागपत्र बुझ्दै संयोजक दाहालले स्थानीयको आवश्यकता र भावनालाई आफूले जतिसक्दो छिटो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button