तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

बैतडी । बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ । 

महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका अन्दाजी ६८ वर्षीय पदमराज भट्टको मृत्यु भएको हो । 

दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरु खोला मोडमा बिहीबार साँझ पौने ५ बजेको समयमा बसको ढोकाबाट खसेर भट्ट गम्भीर घाइते भएका थिए । 

भट्टलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । 

मृतकको शव अस्पतालमै राखिएको छ । बस र बस चालक दशरथ महरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button