तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–३ रातजुरस्थित भित्री कच्ची सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु दुई भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

त्रिपुरासुन्दरी नगरपालिका–३ सुउका अन्दाजी ५५ वर्षीय धनचन्द्र धरलाको उपचारका लागि जिल्ला अस्पताल दुनैमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक रुक बहादुर खडकाले जानकारी दिनुभयो ।

आज बिहान करिब ११ः०० बजे त्रिपुराकोटबाट सुजिउ गाउँतर्फ जाँदै गरेको ग १ ज ८०९९ नम्बरको बोलेरो जिप एक्कासि अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–३ सु बस्ने अन्दाजी ३१ वर्षीया रमा बोहरा, सोही स्थानका अन्दाजी ३१ वर्षीय सुकलाल गुरुङ गम्भीर घाइते भएका छन्।

जपिमा चालकसहित ४ जना सवार सवार थिए । दुई जना घाइतेको जिल्ला अस्पताल दुनै उपचार भइरहेको छ। 

चालक सल्यान जिल्ला कुमाख गाउँपालिका–४ सानपिप्ली घर भई हाल त्रिपुरासुन्दरी नगरपालिका १ बस्दै आएका २५ वर्षीय यलिस कुमार बुढाथोकी सामान्य अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button