प्रधानमन्त्री कार्की र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले प्रदान गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा बोलाएर मुलुकको संवेदनशील परिस्थितिमा निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सवारी साधन तथा अन्य आवश्यक सामग्री उपलब्ध गराएकोमा आभार व्यक्त गर्नुभयो।

राजदूत श्रीवास्तवले जवाफमा नेपालको लोकतान्त्रिक प्रक्रियामा सधैँ साथ रहने र मित्रवत् छिमेकीको नाताले सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताउनुभयो। उहाँले निर्वाचनपछिको नेपालमा प्राप्त हुने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।
यस भेटघाटले नेपाल–भारत सम्बन्धमा आपसी सहयोग र समर्थनलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्