तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीबीच निर्वाचन सुरक्षाबारे  छलफल

काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्याल र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीबीच आज छलफल भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको हालसम्मको तयारी , शान्ति सुरक्षाको अवस्था ,निर्वाचनको सुरक्षाका लागि गृह मन्त्रालयले सम्पादन गरेका कार्यहरू ,निर्वाचन आचारसंहिता कार्यान्वयन लगायतका विषयमा उहाँहरूबिच छलफल भएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले आगामी फागुन ३ गतेसम्मको लागि सञ्चालन भइरहेका निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरू र फागुन ४ पछि सञ्चालन हुने निर्वाचन प्रचार प्रसारका कार्यक्रममा सुरक्षा प्रबन्ध मिलाउन गृह मन्त्रालयले गर्नुपर्ने कार्यहरूको बारेमा जानकारी गराउनुभएको छ ।

सो अवसरमा गृहमन्त्री अर्यालले निर्वाचन आयोगमा सञ्चालनमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रको अवलोकन गर्नुभयो ।

छलफलमा गृह सचिव राज कुमार श्रेष्ठ, निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउत लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button